Logo
Logo

जगदीश खरेलले महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी


0
Shares

काठमाडौं । रास्वपाको महामन्त्रीमा उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

The current image has no alternative text. The file name is: kharel.jpg

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका छन् । लामो बाटो तय गर्न बाँकी रहेको भन्दैं सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका खरेलले बताएका छन् ।

रास्वपा केन्द्रीय सदस्य जितेका खरेलले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । आज ५ जना पदाधिकारीको लागि महाधिवेशन प्रतिनिधिहरुले मत हाल्दैछन् । पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएकोले ५ पदका लागि मात्रै चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्