काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल–नेपालले शुक्रवार विराटनगरस्थित कोइराला निवास पुगेर भेटवार्ता गरेका हुन् । कोइरालाको सचिवालयले तीन नेताबीच कोइराला निवासमा भेटघाट भएको जनाएको छ । उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ ।
नेता कोइरालासँग शुक्रवार नै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भेटवार्ता गरेका थिए । उनीहरूबीच पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५ औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जनाइएको छ ।














