Logo
Logo

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं । वैकल्पिक व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरे पनि वैकल्पिक आवासको व्यवस्था नगरेको भन्दै आपत्ति जनाए। उचित व्यवस्थापनविना होल्डिङ सेन्टरबाट समेत हट्न सूचना जारी गर्नु अन्यायपूर्ण भएको उनको भनाइ थियो।

उनीहरूले विस्थापित सुकुम्वासीको बसोबासको व्यवस्था गर्न, भत्काएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्। त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्वासीलाई उचित विकल्पविना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्