Logo
Logo

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित


126
Shares

काठमाडौं । रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् ।

The current image has no alternative text. The file name is: sobita-gautam.jpg

सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।
केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका थिए ।

गत ७ असारदेखि सुरु भएको महाधिवेशन पदाधिकारीको टुंगो लागेपछि सकिने छ ।

प्रतिक्रिया दिनुहोस्