Logo
Logo

को-को बने रास्वपाको पदाधिकारी ?


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।

The current image has no alternative text. The file name is: raswopa-mahadibeshan-bandasatra.jpg

त्यस्तै उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए भने महिलातर्फ सोबिता गौतम विजयी भएकी छन् । त्यस्तै महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् ।

अब सभापति लामिछानेले विधानको व्यवस्था अनुसार एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता मनोनीत गर्ने छन् ।

त्यस्तै महाधिवेशनले ९९ केन्द्रीय सदस्य समेत निर्वाचित गरेको छ । १५८ सदस्यीय केन्द्रीय समितिमा लामिछानेले अब ५१ सदस्य मनोनीत गर्ने छन् । त्यसैगरी विधानको व्यवस्था अनुसार वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्