Logo
Logo

रास्वपाका कुनै पनि सदस्यको क्रियाकलापबाट कोही पनि त्रसित हुन हुँदैन : रवि लामिछाने


63
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यको क्रियाकलाप, अभिव्यक्ति वा उपस्थितिले देशका कुनै पनि नागरिक भयभीत वा त्रसित हुनु नपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichane-3.jpg

महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि शपथग्रहण समारोहमा सम्बोधन गर्दै लामिछानेले भने, “हाम्रा राजनीतिक क्रियाकलाप, अभिव्यक्ति र उपस्थितिले देशका प्रबुद्ध नागरिक, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत्, अन्तर्राष्ट्रिय समुदाय र राजनीतिक वृत्तमा कोही पनि भयभीत वा त्रसित हुनु हुँदैन । किनकि प्रश्नहरू आउँछन् । प्रश्नबाट भाग्ने होइन, तिनलाई रचनात्मक रूपमा सामना गर्दै जनतालाई आश्वस्त पार्ने जिम्मेवारी हाम्रो हो ।”

उनले लोकतन्त्रका आधारभूत सिद्धान्त र संस्थाहरूको संरक्षणमा जोड दिँदै भने “लोकतन्त्रका आधारभूत सिद्धान्त छन् र धेरै संस्थाहरू छन् । तिनलाई भत्किन दिनु हुँदैन । शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहँदै संस्थाहरूको सम्मान गर्न सकेनौँ र मतको बलमा विगतका शासकहरूले गरे जस्तो गलत अभ्यास गर्‍यौँ भने त्यो ठूलो दुर्घटनातर्फ जानेछ । त्यस्तो दुर्घटना भएमा यसले पार्टीलाई मात्र होइन, सिङ्गो देश र भावी पुस्तालाई नै ठूलो क्षति पुर्‍याउनेछ ।”

प्रतिक्रिया दिनुहोस्