Logo
Logo

मलाई अपरिपक्व हुने छुट छैन : रवि लामिछाने


63
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने नहुने बताए ।

The current image has no alternative text. The file name is: rabi-3.jpg

‘संस्थापक सभापति भएको हुनाले मेरा केही गहन जिम्मेवारी छन् । देशले आशा र भरोसा गरेका हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मिहेनत गर्नुपर्ने हुन्छ,’ लामिछानेले भने, ‘यसअघि मलाई अपरिपक्वताको आरोप लाग्थ्यो । तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन ।’

उनले आफूलाई परिस्थितिले थप परिपक्व बन्न भनिरहेको बताउँदै भने, ‘बढी जिम्मेवार र बढी परिपक्व बन्न मलाई परिस्थितिले भनिरहेको छ । पार्टी सभापतिका रुपमा जिम्मेवार रुपमा अघि बढाउनेछु । उदार भएर पार्टीलाई अघि बढाउनेछु ।’

प्रतिक्रिया दिनुहोस्