Logo
Logo

रविले स्वीकारे महाधिवेशन आयोजनामा भएको कमजोरी 


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन आयोजनामा कमीकमजोरी भएको भन्दै आउँदा दिनमा सच्याएर जाने बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-3.jpg

सभापति लामिछानेले महाधिवेशनमा निर्वाचित नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशनमा कमीकमजोरी भएको र सहभागीलाई अझ राम्रो सुविधा दिने विषयमा गुनासो आएको र आउँदा दिनमा कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफूहरूले कमजोरी ढाकछोप नगरेको र हाम्रा कमजोरी के के छन् भनेर सबै विषय बाहिर आउन जरुरी रहेको बताए । यस महाधिवेशनबाट कमजोरी बाहिर आएको बताउँदै अब यसलाई सुधार गर्ने उनले बताए ।

उनले अब रास्वपा पहिलो ऐतिहासिक महाधिवेशनबाट अझ परिपक्व भएर अगाडी बढ्ने बताए । उनले आफूले सहमतिको प्रयास गरे पनि पदाधिकारी निर्वाचनमा धेरै जनाको दाबी देखे पछि आफू झस्केको बताए । उनले प्रयासका बाबजुद पदाधिकारीको निर्वाचनमा गएको बताउँदै निर्वाचनमा राजनीतिक सुझबुझका साथ सहभागी भएको बताए । उनले एक भएर बाहिर जानुपर्ने बताउँदै पार्टीमा धेरै जिम्मेवारी रहेको बताउँदै सबैलाई मिलाएर लैजाने बताए ।

महाधिवेशनले रास्वपामाथि लाग्दै आएका सबै राजनीतिक आरोप खारेज गरेको बताउँदै अब बल्ल रास्वपाका दस्ताबेज पढिन थालेको बताएका छन् । लामिछानेले संसदीय राजनीतिमा र समग्र रूपमा जुन रूपमा परिपक्व रूपमा प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन नसकेको स्वीकार गर्दै आफूहरूको नियत खराब नभएको स्पष्ट गरेका छन् ।

उनले सरकारले द्रुत गतिमा काम गर्ने क्रममा लोकतन्त्रका संस्थाहरूलाई तलमाथि नगर्ने कुरामा पार्टी सचेत रहेको भन्दै सरकारका कामलाई नजिकबाट नियालिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्