धनगढी । डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही ठाउँका स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीच भागमा फसेका थिए ।
सो लगत्तै सशस्त्रको ३६ नम्बर गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक शुसिल भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरुको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा सोही नगरपालिका–२ बस्ने ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेम बहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदम राज भट्ट, ६० बर्षिया संजा श्रेष्ठ, ३८ वर्षीय दिपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत छन् ।














