काठमाडौं । विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिवार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो । गिरीको घरमा शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको हो ।
गिरी यसअघि पनि पटक९पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक-पटक विवाद गरेका थिए । कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ ।














