प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ । शनिवार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) शान्तिराज प्रसाईँले जानकारी दिए ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आफैँ अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।














