Logo
Logo

पटकपटक फुटेको हाँडी जोड्ने राग भुत्ते हतियार हो : गोकुल बास्कोटा


189
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: gokul-baskota.gif

हिजो आइतबार मात्रै नेकपा र एमालेबीच पार्टी एकता वा कार्यगत एकताको विषयमा शीर्ष नेतृत्वबीच सार्वजनिक छलफल भएको थियो । सो छलफलप्रति कटाक्ष गर्दै वास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग अलि चलेछ ।”उनले थप भने, “भयङ्कर खतरा देखाएर नेतृत्वबाट चलाईएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको भुत्ते हतियार हो।”

बास्कोटाले विगतमा भएको एकता र विभाजनको प्रसङ्ग कोट्याउँदै भनेका छन्, “सुधार र शक्ति आर्जन साँच्चै चाहेको हो भने पहिले फुटाएर गरेको गल्ती स्वीकार गर्न सक्छौ ? आफू छोडेर सहकर्मीलाई अघि बढ्न दिन सक्छौ ?”

प्रतिक्रिया दिनुहोस्