Logo
Logo

सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड 


63
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आज राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गरेका छन् । उनले  श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव हुने बताएका छन् ।

The current image has no alternative text. The file name is: prachanda.jpg

प्रचण्डले भने, ‘तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन् । त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान अझ बढाउँदै उत्पादन वृद्धि गर्ने नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गरेका छन् । सन्देशमा प्रचण्डले सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्