Logo
Logo

एमालेका पूर्वसांसद लक्ष्मी कोइरी जेल चलान


0
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान भएका छन् ।

महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई उच्च अदालत जनकपुरको आदेशमा कैद भुक्तानका लागि कारागार चलान गरिएको हो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

दोस्रो मधेश आन्दोलनको बेला ०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । तर, उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्