Logo
Logo

कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख एवम् उपसभापति विश्वप्रकाश शर्माले आज भक्तपुरका आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

कांग्रेसले विज्ञप्ति जारी गरेर पार्टी विधानको धारा ३६ (घ) बमोजिम १ साउनदेखि लागू हुने गरी आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्