
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ । असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले ४७ वटा केन्द्रीय विभाग कायम गरेको हो ।
यसअघि साबिक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको ३२–३२ वटा विभाग थियो । विभागको सङ्ख्या घटाउनुपर्ने बहस भइरहेको बेला नेकपाले १५ वटा थपेको छ । पार्टीले नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकेको जनाएको छ ।















