
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको इतर समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालय औपचारिक उद्धाटन गर्ने निर्णय गरेको हो ।
नेता डा. प्रकाशशरण महतले महाराजगन्जमा सम्पर्क कार्यालयका लागि भाडामा लिएको घर अहिले रंगरोगन भइरहेको र असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित थिए ।














