Logo
Logo

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन :रवि लामिछाने


0
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुच गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताए ।

The current image has no alternative text. The file name is: rabi-lamichane-3.jpg

रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको उल्लेख गरे । उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्‍याए ।

“हामी सबैलाई के थाहा छ भने संविधानका सयौँ विषयमा बहसको आवश्यकता छ । यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन् । प्रदेश खारेजी भनेर हामीले कहीँ लेखे जस्तो त लाग्दैन । हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ,” रविले भने ।

उनले सरकार–रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्