Logo
Logo

सरकार सुशासनको जग बसाल्न सफल भयो : रवि लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे । 

“सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ । विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केही समय पछि देखिँदै आउँछ”, लामिछानेले भने ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाउँदै उनले भने, “सहजै सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको छ । सरकारको सुरुआत सकारात्मक र जनहित केन्द्रित छ ।” 

प्रतिक्रिया दिनुहोस्