Logo
Logo

एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ


441
Shares

काठमाडौं । कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता गरेको आरोपमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । प्रहरीले लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई शनिवार ठमेलबाट पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: KALPANA-GURUNG.jpg

विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

एपीएफ स्कुलको बैङ्क खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ ।

अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । सशस्त्र प्रहरी हेड्क्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर छानबिन गरेको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखी नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार ४ वर्षदेखि एकै ठाउँमा कार्यरत छिन् ।

सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल ९डीएसपी० महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।

२०८२ मङ्सिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो । 

प्रतिक्रिया दिनुहोस्