काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् ।

शुक्रवार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन् ।
गुरुङले विमानस्थल विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सो निर्देशन दिएका हुन् । गृहमन्त्री गुरुङले नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन दिएका हुन् ।














