Logo
Logo

दीपक भट्ट र प्रदीप अधिकारी डिल्लीबजार कारागारबाट सरुवा


63
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।

उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।

विभागबाट पत्र आएपछि शुक्रवार उनीहरूको कारागार सरुवा गरिएको हो । अन्य कारागार भन्दा खुल्ला ठाउँहरू भएका डिल्लीबजार कारागारमा प्रायजसो भीआईपी कैदीबन्दीहरुको रोजाई पर्दै आएको छ । अहिले पनि भीआईजी कैदीबन्दीले यो कारागार भरिभराउ छ ।

प्रतिक्रिया दिनुहोस्