Logo
Logo

धनकुटाका १९ नेताले छाडे कांग्रेस


189
Shares

काठमाडौं । धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । सभापति गगन थापालाई पत्र लेख्दै महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई छन् । पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले लेखेका छन् ।

पार्टी परित्याग गरेका नेताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन् । तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानसक्ने आन्तरिक चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्