Logo
Logo

विपक्षी दलका नेता आङ्देम्बेले संसद्‍मा खोजे प्रधानमन्त्री


63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्‍मा बोल्दा प्रधानमन्त्री बालेन शाह खोजेका छन् ।

‘संसद्‍मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्‍मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्,’ आङ्देम्बेले स्मरण गरे ।

उनले सोमबार प्रतिनिधिसभामा सम्बोधन गरे । त्यसक्रममा प्रधानमन्त्री बालेन उपस्थित थिएनन् । यसकारण आङ्दाम्बेले संसद्‍मा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको स्मरण गरेका हुन् ।

विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारलाई मार्गनिर्देशन समेत हुने भएकाले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको उनले बताए । तर प्रधानमन्त्री बालेन अनुपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको पनि उनले बताए ।

प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनुपर्ने र यो सम्झाइरहने आफ्नो दायित्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्