Logo
Logo

फेसबुकमा भाईरल हुने बाटो त्याग्न प्रधानमन्त्रीलाई आङदेम्बेको सुझाव


63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्न सुझाव दिएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भसहित आफ्नो धारणा राख्ने क्रममा उनले सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्न सुझाव दिएका हुन् । नेता आङदेम्बेले सामाजिक सञ्जालमार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्रीलाई सचेत गराए ।

उनले प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले हाँक्न पनि आग्रह गरे । त्यस अवसरमा नेता आङदेम्बेले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी नभएको गुनासो पनि गरे । उनले धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउँदै प्रधानमन्त्रीलाई संसद नभुल्न पनि अनुरोध गरे ।

उनले भने, ‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ । तर विगतयमा सय दिनमा प्रधानमन्त्रीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउछु– धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन । तपाई सत्ताको धुरी चढने अनि तपाईलाई धुरीमा पु¥याउने संसद बिर्सने, संसदलाई अवमूल्यन गर्ने ? म प्रधानमन्त्रीजीलाई गम्भिरपूर्वक नै सोध्न चाहन्छु– यदि संसद नै तपाईको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ? लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन । सँगै म स्मरण गराउन चाहन्छु–प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन । अझै बुझने गरी भन्नुपर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कहिलेकाँही कटाई राखेका हुन्छौ । र प्रधानमन्त्रीजीलाईं म भन्न चाहन्छु–सामाजिक सञ्जालमा भाईरल हुन सजिलो छ । तर देशको प्रधानमन्त्रीको रुपमा गहन र गम्भिर भएर कार्य गर्न बडो गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, तपाईले भाइरल हुने बाटो त्याग्नु पर्दछ । भुली दिनुस तपाई देशको प्रधानमन्त्री भइसक्नु भयो । प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले ड्राईभ गर्नु होस् ।’

नेता आङदेम्बले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी प्रधानमन्त्री साहले ठानेको उल्लेख गर्दै यस्तो गतिविधिले संसदको गरिमा कायम नरहने जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्