Logo
Logo

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत परीक्षार्थी उत्तीर्ण


63
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् ।

The current image has no alternative text. The file name is: exam-bord.gif

जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो । बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो । परीक्षा सकिएको १४  दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख २८ गते सार्वजनिक २०८२ सालको एसईई परीक्षामा २ विषयसम्म अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । पूरक परीक्षा दिएका ७ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । 

जसमा ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्मको जीपीएसहित उत्तीर्ण भएका छन् । त्यसैगरी १६ हजार ४६७ जना २.८० देखि ३.२०, १४ हजार ३६२ जना २.०० देखि २.४०, १ हजार १९५ जना ३.२० देखि ३.६०, ४५ जना १.६० देखि २.०० जीपीए प्रप्त गरेका छन् ।

परीक्षामा १६ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् । नतिजा वेबसाइट, आईभीआर तथा एसएमएसरयूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्