Logo
Logo

भारतमा गुड्यो पहिलो हाइड्रोजन ट्रेन


0
Shares

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गरेका छन्। यो ट्रेन जिन्द र सोनिपतबीच सञ्चालन हुनेछ । यस कदमलाई रेल्वे क्षेत्रमा सफा राख्ने र दिगो मोबिलिटीको लागि महत्त्वपूर्ण मानिएको छ।

१२ हजार ४७० करोड रुपैयाँभन्दा बढीका राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गरेका मोदीले १५७ किलोमीटर लामो दिल्ली-अमृतसर-कटरा एक्सप्रेसवे पनि राष्ट्रलाई समर्पित गरे।

यस एक्सप्रेसवेले दिल्ली र कटराबीचको यात्रा समय १४ घण्टाबाट घटाएर ६ घण्टामा सीमित गर्नेछ। मोदीले सभालाई सम्बोधन गर्दै भने, ‘विगत १२ वर्षमा भारतीय रेल्वेले ठूलो रूपान्तरण देखेको छ।’

उनले जिन्द अब बीजेपी र एनडीएको सुशासनको मोडल बनेको दाबी गरे। यो हाइड्रोजन ट्रेनले जिन्द-सोनिपत रुटमा ९० किलोमीटर दूरी तय गर्नेछ। ३ हजार २ सय हार्सपावर क्षमताको यस रेल विश्वकै शक्तिशाली हाइड्रोजन ट्रेनमध्ये एक भएको दाबी गरिएको छ ।

रेल मन्त्री अश्विनी वैष्णवले यसलाई ऐतिहासिक उपलब्धि भएको बताए। उनले भने, ‘यो ट्रेन पूर्ण रूपमा वातावरणमैत्री छ र यसमा डिजेल वा पेट्रोल चाहिँदैन।’

डिजाइन स्पीड ११० किलोमीटर प्रतिघण्टा भएको यो ट्रेन स्वदेशी प्रविधिमा आधारित छ। यो यसमा २ हजार ६ सय यात्रु अट्ने क्षमता छ। हाइड्रोजन फ्युल सेल प्रविधिबाट चल्ने भएकाले यसले वातावरणमा शून्य कार्बन उत्सर्जन गर्छ।

भारतीय रेल्वेले अब अन्य रुटमा पनि यस्तो प्रविधि विस्तार गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्