Logo
Logo

प्रतिपक्षलाई पेलेर अघि बढ्न खोजेँ सरकार धेरै समय टिक्दैन : रघुवीर महासेठ


252
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्न खोजेँ सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले सरकारलाई प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । 

The current image has no alternative text. The file name is: raghubir.jpg

सरकारले प्रतिपक्षलाई वास्ता गर्दैन र पेलेरै अगाडि बढ्ने सोच राख्छ भने त्यो सरकार टिकाउ नहुने उनको जिकिर छ । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उनले सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताए । 

मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पाएको जनमतबारे टिप्पणी गर्दै उनले मधेशी जनताले विश्वास गरेर पठाएको भन्दै रास्वपाले पनि मधेशको भावना अनुकूल काम गर्नुपर्ने बताए । सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको महासेठले आलोचना गरे । 

साउन १ गतेदेखि लागू हुनेगरी जग्गा खरिद–विक्री दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा–स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उनको दाबी छ । जनताको आधारभूत आवश्यकतामा कर बढाउनु न्यायोचित नभएको भन्दै उनले यसप्रति सरकार गम्भीर हुनुपर्ने माग गरे । 

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । वर्तमान विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू, विशेषगरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्