Logo
Logo

पार्टी नेतृत्वलाई कुर्सी मोहको साँठगाँठमा नलाग्न झलनाथ खनालको आग्रह  


441
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिका सदस्य झलनाथ खनालले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्ने आवश्यक रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: jhalanath-1.gif

प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि नेकपाका नेता खनालले आइतबार एक विज्ञप्ति जारी गरी ‘अपवित्र साँठगाँठतिर नलाग्न’ पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन् । 

‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्’, खनालले भनेका छन्, ‘केही नेताहरूको कुर्सी मोह र आत्म तृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्। हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ-यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो ।’

प्रतिक्रिया दिनुहोस्