Logo
Logo

थाहा नगरपालिकामा बृहत् स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित, विद्यालयलाई ८ थान कम्प्युटर हस्तान्तरण 


252
Shares

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एक दिने बृहत् निस्शुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । रोटरी क्लब अफ काठमाण्डौं वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाण्डौं वेष्ट र शान्ति सेवा गृह क्लिनिक तथा रिह्याविटेशन सेन्टरको संयुक्त आयोजनामा गत शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका यी संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सेवामूलक कार्यहरू एकैसाथ सञ्चालन गरेका हुन् ।

The current image has no alternative text. The file name is: health-seebir.jpg

थाहा नगरपालिका वडा नं. ११, नौखण्डेस्थित तिष्टुङ स्वास्थ्य चौकीमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय तथा वरपरका क्षेत्रका सर्वसाधारणको सहभागिता रहेको थियो । शिविरमा ग्रामीण क्षेत्रका र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका कुल ४ सय ७७ जना स्थानीय बासिन्दाले निस्शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको आयोजकले जनाएका छन् ।

शिविरमा सर्वसाधारणका लागि जनरल स्वास्थ्य परीक्षण, दन्त (दाँत) को उपचार, डिजिटल एक्स-रे, आँखा जाँच तथा फिजियोथेरापी लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो। स्वास्थ्य जाँचका साथै बालबालिकाहरूको पोषण र स्वास्थ्यलाई ध्यानमा राख्दै सो अवसरमा लिटो, झुल, ब्रस, टूथपेस्ट र आवश्यक परेकाहरूलाई चश्मा समेत निस्शुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरसँगै आयोजकले शिक्षा र वातावरण क्षेत्रमा पनि सहयोग पु¥याएका छन् । विद्यार्थीहरूको डिजिटल सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले थाहा नगरपालिका वडा नं. १० स्थित श्री नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका बालबालिकाका लागि ८ थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।

यसैगरी, वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनका लागि थाहा नगरपालिका वडा नं. १२ मा ४ सय वटा रुखका बिरुवाहरू समेत रोपिएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनुका साथै बालबालिकाको शिक्षा र वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले यो वृहत् मानवीय कार्य गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्