Logo
Logo

दाङमा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु, ७ जना घाइते


189
Shares

काठमाडौँ । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको मृत्यु भएको हो ।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो भने अन्य पाँच जनालाई अस्पताल लगिएको थियो ।

बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्