Logo
Logo

एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण, शङ्कर पोखरेल लगायतका नेताहरूको सहभागीता


0
Shares

काठमाडौँ । नेकपा (एमाले) ले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेको छ ।

पार्टी संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालयमा च्यासलमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्नेछन् ।

कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन् । उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका एमाले सांसदहरूको सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्