Logo
Logo

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णयप्रती भीम रावलले जनाए आपत्ती


378
Shares

काठमाडौं । नेपाली कम्युनिसट पार्टी (नेकपा) का नेता डा. भीम रावलले एक रुपैयाँको सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले आज सामाजिक सञ्जालमा लेख्दै ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिने बताएका छन् ।

यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई यथार्थ कुरा तत्काल जानकारी दिनुपर्ने उनको भनाइ छ ।

उनले लेखेका छन्–बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ। यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डता विरुद्धको घातक निर्णय गरिएको ठहरिने छ, यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई यथार्थ कुरा तत्काल जानकारी गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्