Logo
Logo

देउवा समूहले साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने


756
Shares

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै श्रावण महिनाभित्रै काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने निर्णय गरेको गरेको हो ।

कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित मोडमा गइरहेको र स्थापित दलहरूलाई कमजोर बनाउने खेल भइरहेका बेला पार्टीभित्र बलियो एकता कायम गर्नु अपरिहार्य भएको छ। नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।’

विज्ञप्तिमा संस्थापन पक्षले सहकर्मी दलहरूलाई समेत सार्वजनिक मञ्चहरूबाट चिढ्याउने खालका अभिव्यक्ति दिएर आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरूलाई कमजोर बनाएको आरोप लगाइएको छ।

राष्ट्रिय भेलाको निश्चित मिति, समय र स्थान यही श्रावण ६ गते आयोजना हुने जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा सार्वजनिक गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्