काठमाडौं । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ । जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो । पार्टीले आजै राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति: नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
यसैगरी साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको सङ्ख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ ।
सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने छ ।














