Logo
Logo

कांग्रेस सांसद अभिषेकप्रतापलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सरकारका नाममा यसप्रकारको अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

शाह कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्