Logo
Logo

प्रतिक्रान्ति रोक्न नयाँ अभियान सञ्चालन गर्ने प्रचण्डको आह्वान


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै  प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन सङ्कल्पको रूपमा लिनुपर्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

उनले भने, ‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिनको रूपमा रहेको छ । वैचारिक र राजनीतिक रूपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति उहाँको ठुलो योगदान रहेको छ ।’

नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्ने पुष्पलालनै भएको प्रचण्डले बताए ।  

प्रतिक्रिया दिनुहोस्