Logo
Logo

गोविन्द केसीलाई अनसन छाड्न तोसिमाको सुझाव 


378
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गरेकी छन् । कार्कीले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सुझाव दिन सक्ने पनि बताएकी छन् । 

The current image has no alternative text. The file name is: tosima-karki.jpg

शुक्रवार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. केसीले अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने भए पनि आएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, ‘विगतका सरकारमा तपाईँले पटक पटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो । जनताको सुन्छ, तपाई जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ । भयो सर, अनसन छोडिदिनुस्, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईँका जायज मागहरूमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ  ।’ डा। केसी बिहीबारबाट धनगढीमा अनसन बसेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्