काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका सभापति गगन थापा बाहिरिएका छन् ।

बैठक नसकिँदै सभापति थापा बाहिरिएका हुन् । बैठक सुरु भएको केही समयमै उनी बैठक छोडेर निस्किएका हुन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी छ । बैठकमा एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका शीर्ष नेता सहभागी छन् ।














