Logo
Logo

प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

सभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

साथै, सभाले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्