Logo
Logo

राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो


630
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

कर्णले देवानगञ्जको घटनाबारे सरकारलाई एक महिना अगाडिदेखि जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले चासो नदिएको आरोप लगाए । प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको र गृहमन्त्री साना कुरामा लोकप्रियता खोज्न अस्पताल पुग्ने तर गम्भीर समस्यामा उदासीन रहेको आरोप कर्णको थियो ।

सांसद कर्णले अहिलेको सरकारले विगतमा स्थापित गरेको नजिर स्मरण गराउँदै राजीनामाको माग गरे । ‘राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने नजिर उहाँहरूले नै स्थापित गर्नुभएको हो,’ कर्णले भने, ‘त्यही नजिरका आधारमा अब प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजनीमा मागिएको थियो ।

प्रतिक्रिया दिनुहोस्