Logo
Logo

रास्वपा सांसद्हरूसँग प्रधानमन्त्रीले भने- निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिनुहोस्


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले राज्यका सबै अंगहरू उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन आग्रह गरेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षित अनुभव गराउनु, घटनाको निष्पक्ष छानबिन गर्नु र थप गलत क्रियाकलाप हुन नदिनु रहेको बताएका छन् । साथै, उनले सांसदहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन, जनताको दुःख-सुखमा उभिन र राज्य एवं नागरिकबीच विश्वासको बलियो पुल बन्न अनुरोधसमेत गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्