Logo
Logo

वीरगञ्जमा पुनः निषेधाज्ञा


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ । शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

The current image has no alternative text. The file name is: birjung-simanaka.jpg

प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

यसअघि बिहीबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो । सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले बिहीबारदेखि रातिको समयमा निषेधाज्ञा लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्