Logo
Logo

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रकुमार मेहताको मृत्यु


0
Shares

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलवार मृत्यु भएको हो । 

The current image has no alternative text. The file name is: rabindra-maheta.jpg

साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको स्थिति आएको थियो । स्थिति नियन्त्रण लिने क्रममा साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर केही स्थानीय घाइते भएका थिए । 

यसअघि अर्का घाइते स्थानीय २२ वर्षीय जयप्रकाश मेहता बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो । अर्का घाइते रवीन्द्रको मङ्गलवार मृत्यु भएको हो ।  योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । अझै केही गम्भीर घाइते रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्