Logo
Logo

प्रदीप अधिकारीलाई धरौटीमा छाड्न विशेष अदालतकाे आदेश, थुनामुक्त भने नहुने


0
Shares

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप मुद्दामा अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त भने हुन नपाउने विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । अख्तियारले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

ठेक्का सम्झौतामा नै ठेकेदार कम्पनीले राजस्व तिर्ने भनेर उल्लेख भएकोमा त्यसमा भएको प्रावधान विपरीत राजस्व छुट दिएको आरोपसहित अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।

अख्तियारले उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको थियो । राजस्व छुटको मुद्दामा अरु आरोपितहरू पनि धरौटीमा छुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्