Logo
Logo

मेरो घरअगाडि गाडी राख्ने चालक प्रहरी थिए: गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केही दिनअघि आफ्नो घरअगाडि गाडी तेर्स्याउन प्रहरी नै प्रयोग गरिएको बताएका छन् ।

“मेरो जलाइएको घरअघि गाडी राखियो । निजी सम्पत्ति थियो क्षति पुग्नुहुँदैन भन्नेमा सचेत थिएँ,” थापाले भने, “मेरो परिवारका सदस्य ट्राफिक कार्यालय गएर प्रश्न सोध्नुभयो– यो गाडी कसको हो ? हामी जान्न चाहन्छौँ । तर हामीलाई बताइएन । केहीबेरपछि एकजनाले म चालक हो भन्नुभयो । चालक बनेर आउने व्यक्ति प्रहरी हुनुहुन्थ्यो ।”

उनले यसलाई शासकीय अराजकता भनेका छन् । “यो शासकीय अराजकता हो,” थापाले भने, “शासकीय अराजकता रोकिएन भने यसले निल्छ ।”

प्रतिक्रिया दिनुहोस्