काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेसनल एस एन्ड ए लेभल एक्जामिनेसन सिरिजमा उत्कृष्ट नतिजा हासिल गरेको छ । परीक्षामा सहभागी भएका १०६ मध्ये ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजाअनुसार सात विद्यार्थीले लगातार ‘ए प्लस’ र ३३ विद्यार्थीले लगातार ‘ए ग्रेड’ हासिल गरेका छन्, जसले बीएमसीका विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको जनाइएको छ ।
यो उपलब्धि विद्यार्थीहरूको महिनौँको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर प्रोत्साहन र सहयोगको परिणाम भएको कलेजले जनाएको छ ।
ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनकुमार राईले उपलब्धिका लागि विद्यार्थीहरूलाई बधाई दिएका छन् ।












