काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन शाहबिचको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले बेलाबेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिकिने अवसर मिलेको बताए ।‘हामीबिच कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भने।सञ्चारकर्मीहरूले उनलाई केही समयअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए।
सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय— उहाँ त एउटा कवि पनि हुनुहुन्छ, एउटा कलाकार पनि हुनुहुन्छ। आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र? हरेक शब्दको अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन। त्यसमा कुनै चिन्ता लिनुपर्ने विषय छैन।’












