Logo
Logo

नेपाल आइपुग्यो सिएरा इभी,‘नाडा अटो शो’मा सार्वजनिक हुँदै


0
Shares

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेको सिएरा.इभी को नेपालमा आधिकारिक आगमन भएको छ ।

The current image has no alternative text. The file name is: ev.jpg

लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ ९ देखि १४ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै छ।

आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको सिएरा. इभी नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क भख मोडल हो । भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मानक कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको सिएरा।इभी  ले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको सिएरा।इभी ले नेपालको इभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने अपेक्षा कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्