Logo
Logo

बागमतीमा नेकपाबाट सरल सहयात्री आर्थिक मन्त्री बन्दै


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बागमती प्रदेश सरकारमा नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले, नेकपा र राप्रपाबीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार भागबण्डाअनुसार नेकपाले पाउने अर्काे एक मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे औपचारिक रूपमा टुंगो लाग्न बाँकी छ । भागबण्डाअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त सभामुखसहित २ मन्त्रालय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्